काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भएको छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएको निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएको निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए।
निर्वाचनमा कुल ८९ मत खसेको हो। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए।सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन्। उनी ओम अस्पतालमा छिन्।
आज बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन करिब ९ बजेमात्र सुरु भएको थियो। संसदीय दलको नेताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित