काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भएको छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएको निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएको निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए।
निर्वाचनमा कुल ८९ मत खसेको हो। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए।सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन्। उनी ओम अस्पतालमा छिन्।
आज बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन करिब ९ बजेमात्र सुरु भएको थियो। संसदीय दलको नेताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?