काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।
बिहान ८:४५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया १० बजेसम्म चल्नेछ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । सांसद्हरु मतदानका लागि सिंहदरबार पुग्ने क्रम जारी छ । कांग्रेस संसदीय दलको कार्यालय बाहिर सुरक्षा कडा बनाइएको छ।
कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा ९२० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कारबाहीको सिफारिस भएकालाई कांग्रेसले सदस्यता नवीकरण खुला गर्ने
कांग्रेस शीर्ष नेताको बैठक स्थगित