काठमाडौं । नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने भएको छ । निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार पुस ४ गते दिउँसो २ बजेसम्मा मतदाता नामावली प्रकाशन गरिनेछ । यसैगरी सोही दिनको साढे २ बजेसम्म नामावलीउपर दावी विरोधका लागि समय दिनुका सागै अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय दिइएको छ भने दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै पुस ६ गते बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा