काठमाडौं । नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने भएको छ । निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार पुस ४ गते दिउँसो २ बजेसम्मा मतदाता नामावली प्रकाशन गरिनेछ । यसैगरी सोही दिनको साढे २ बजेसम्म नामावलीउपर दावी विरोधका लागि समय दिनुका सागै अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय दिइएको छ भने दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै पुस ६ गते बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?