एजेन्सी । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ ।
‘इन्धन ट्याङ्कर विस्फोट भयो । म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने। केही शवहरू जलेका थिए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ पुस २०७९, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता