कतार विश्वकप : सर्वाधिक गोलकर्ता एम्बाप्पेले पाए गोल्डेन बुट

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, ०८ : ००
कतार विश्वकप : सर्वाधिक गोलकर्ता एम्बाप्पेले पाए गोल्डेन बुट

एजेन्सी । कतार विश्वकपमा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

एमबाप्पेले विश्वकपको ७ खेलमा ८ गोल गरेका थिए । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पछि पारे ।

मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । तर खेलमा फ्रान्स पराजित हुँदै उपविजेता बन्यो

प्रतिक्रिया दिनुहोस