ग्रान्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

शनिबार, १६ असार २०७५, १५ : ५९
ग्रान्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । ग्रान्डी अस्पतालको छतमा पुगेको सिम्रिक एयरको हेलिकप्टर शनिबार दुर्घटनामा परेको छ । बिरामी लिन चितवन जाने क्रममा अस्पतालका नर्स र डाक्टर लिन अस्पतालको छतमा पुगेको सिम्रिक एयरको ९ एन एआर एल कल साईनको हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटनामा परेको हो ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै दुर्घटनामा परेको हेलिकप्टर हेलिप्याडबाट तल्लो तलामा खसेको जानकारी दिनुभयो । ल्याण्ड गर्ने क्रममा माथिबाट तल्लो तलामा हेलिकप्टर खसेको सूचना आएको छ’ पोखरेलले भन्नुभयो, ‘बिरामीको उद्धार गरिएको छ, मानवीय क्षति भएको छैन ।’
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । दुर्घटनाग्रस्त हेलिकप्टरलाई छतबाट हटाउन सकिएको छैन ।दुर्घटना भएपछि हेलिकप्टरको पखेटामा क्षति पुगेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस