काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ पुस २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)