हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा दुई जनाको मृत्यु

शनिबार, १६ असार २०७५, १२ : ३३
हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा दुई जनाको मृत्यु

प्रतिकात्मक फोटो

नेपालगञ्ज । विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर दुईवटा गाई, दुईवटा भैँसी र पाँचवटा बंगुर मरेका छन्, भने करेन्टका कारण केही घरमा आगो लागेको बताइएको छ । प्रहरीले घटनाको छानविन गरिरहेको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस