काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेम्वाङको आज शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि
नेम्वाङको पार्थिव शरीर च्यासलबाट नीजि निवास बालुवाटार लगियो
एमाले महासचिव पोखरेलद्धारा नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण
जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ
नेम्बाङको पार्थिव शरिर १ बजेसम्म पार्टी कार्यालय र त्यसपछि घरमा लगिने
नेम्वाङको पार्थिव शरीरमा नबिग्रने रसायन राखियो