उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधानका लागि सबैको सहयोग आवश्यक : मन्त्री चौधरी

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, १६ : ५६
उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधानका लागि सबैको सहयोग आवश्यक : मन्त्री चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् । मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमती आवश्यक्ता रहेको प्रष्ट्याएका हुन् ।

२८ औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु संचालन गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराए । महानगरपालिकालाई बसोबासयोग्य, प्रदूषणरहित वातावरणमैंत्री बनाई महानगरबासीहरुको आधारभूत आवश्यक्त परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘वर्तमान परिवेशमा व्यवस्थित, सफा र सुन्दर सहरको निर्माण गर्ने आवश्यक पूर्वाधारको विकास गर्न सहरी क्षेत्रका बासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउन तत्काल ठोस कार्यहरु सुरु गर्न अति जरुरी भईसकेको छ । यसैगरी प्राकृतिक स्रोत र साधनको अत्याधिक प्रयोगले वातावरण तथा सरसफाईमा प्रतिकूल असर परिरहेको अवस्था सृजना भएको छ । उक्त चुनौति तथा समस्याहरुसँग जोड्दै महानगरपालिकालाई बसोबास योग्य, प्रदुषणरहित वातावरणमैंत्री बनाई महानगरबासीहरुको आधारभूत आवश्यक्त परिपूर्ति गर्न यस महानगरपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’

उनले फेरि भने, ‘काठमाडौं उपत्यका देखिएको फोहोरमैलाको समस्यालाई समाधान गर्न, दिनप्रतिदिन विभिन्न नदीका किनाराहरुमा बढदै गएको बसोबास एवम् बसोबासीहरुको व्यवस्थापन गर्ने कार्य चुनौति बन्दै गएको छ । सहरको सौन्दर्य प्रत्यक्ष असर पार्ने यस्ता समस्याहरुलाई समयमै समाधान गर्न अति जरुरी भईसकेको छ । जसका लागि सबै पक्षको सहयोग र सहमतीको आवश्यक्ता पर्दछ । आगामी दिनहरुमा यस्ता समस्या एवम् चुनौतिहरुको सामना गर्न काठमाडौं महानगरपालिका समक्ष तथा सफल हुनेछ भन्ने विश्वास गरेको छु ।’

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहारमैलालगायतका समस्या समाधान गरी अघि बढन काठमाडौं महानगरपालिका सफल हुने विश्वास समेत व्यक्त गरे । उनले बसोबासयोग्य सहरको रुपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस