पोखरा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरोशैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् ।
‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने ।
आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु र सरकारमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेर उनीहरुले भ्रष्टाचार गरेको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्दछ ।’
यसका लागि भएका श्रोत साधन व्यापक परिचालन गरेर काम गरेर देखाउने बताएका प्रचण्ड भन्छन्, ‘म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर देखाउनेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड