ब्राजिलका स्टार खेलाडी नेमारले पाए सफाइ

सफल खबर संवाददाता

बुधबार, २८ मंसिर २०७९, ०८ : ४०
ब्राजिलका स्टार खेलाडी नेमारले पाए सफाइ

एजेन्सी । ब्राजिलका स्टार फुटबल खेलाडी नेमारले एक मुद्दामा सफाइ पाएका छन् । स्पेनको अदालतले उनलाई मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।  

नेमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तर हुँदा भएको भनिएको भ्रष्टाचार मुद्दामा फसेका थिए ।

ब्राजिलको कम्पनी डीआईएसले नेमार उनका बुवाका साथै सान्तोष र बार्सिलोना क्लबका अध्यक्षहरूले जानाजान स्थानान्तर गर्दा तिर्नुपर्ने डीआईएसलाई बेवास्ता गरेको भनी मुद्दा हालेको थियो  । 

तर अदालतले विज्ञप्ति जारी गरी नेमारमाथिको मुद्दा सिद्ध नभएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस