रेशम छुटाउन ल्याउन लागेको अध्यादेशप्रति काँग्रेस महामन्त्री शर्माको आपत्ति

सफल खबर संवाददाता

सोमबार, २६ मंसिर २०७९, ०८ : १५
रेशम छुटाउन ल्याउन लागेको अध्यादेशप्रति काँग्रेस महामन्त्री शर्माको आपत्ति

काठमाडौं । आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएकोमा बताउँदै शर्माले सरकारको कदमप्रति असहमति जनाएका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य १ त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ १ संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत १ कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ १’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस