आजदेखि हट्यो निर्वाचन आचारसंहिता

सफल खबर संवाददाता

सोमबार, २६ मंसिर २०७९, ०७ : ५५
आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता खारेज गरेको छ ।

 गत असोज १२ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर लागु रहेको आचारसंहिता सोमबारदेखि लागु नरहने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस