काठमाडौं। समानुपातिक तर्फको सांसदहरुको टुङ्गो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलमा जुटेको छ । पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दिउँसो ४ बजे अगाडिसम्म नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा नाम पठाउने गरी छलफल भइरहेको उनले बताए ।
प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ । पुरुषमा पशुपति शम्शेर जबरा निश्चित भएपनि दोस्रो पुरुषमा प्रकाशचन्द्र लोहनी वा अन्य उम्मेदवारलाई छनौट गर्ने भन्नेमा विवाद रहेको छ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १३ : ५४
लेखकबाट थप