वाम लोकतान्त्रिक गठवन्धन चितवनद्वारा धन्यवाद ज्ञापन ( प्रेस विज्ञप्ति )

शनिबार, ०१ पुस २०७४, १८ : १६
वाम लोकतान्त्रिक गठवन्धन चितवनद्वारा धन्यवाद ज्ञापन ( प्रेस विज्ञप्ति )


१ पुष, २०७४, चितवन । संयुक्त वाम लोकतान्त्रिक गठवन्धन चितवनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा अमूल्य मत जाहेर गरी वाम गठवन्धन चितवनका सम्पूर्ण उमेद्वारहरुलाई विजयी गराएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
संयुक्त वाम लोकतान्त्रिक गठवन्धन चितवनका संयोजक अमिक शेरचनले विज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका हुन् । विज्ञप्तिमा “यस निर्वाचनमा चितवन जिल्ला मात्र होइन देशव्यापी रुपमा आम जनसमुदायले ‘सबै वाम एक ठाम’ हुनुको विकल्प छैन भन्ने दिव्य सन्देश समेत दिएको छ । यो कुरा निर्वाचनको परिणामबाट पनि सिद्ध भएको छ । वाम शक्तिहारुले यसलाई जिम्मेवारीका साथ गम्भीर भएर लिनुपर्दछ” भनिएको छ ।

प्रेस विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस