जाडोमा कस्ता खानेकुरा खाने ?

एजेन्सी

शनिबार, २४ मंसिर २०७९, १२ : ०४
जाडोमा कस्ता खानेकुरा खाने ?

एजेन्सी । जाडोका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ। यसबाट समेत व्लड प्रेसर बढन सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसोकै बेला बाथ मुटु समेत हुनसक्छ । चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ।

त्यसैगरी चिसोले फोक्सोमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागि चिसोको कारणले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोको असरले मुटुमा समेत अप्ठेरो पार्न सक्छ।

यस्तो समयमा कस्तो खाना खाने

तातो सुपहरू प्रशस्त खाने

तातो पानी प्रशस्त खाने

कालोचियामा मरिच हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।

गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।

ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।

लसुन तथा अदुवाले पनि फाइदा गर्छ ।

प्रतिक्रिया दिनुहोस