सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, २० : २८
सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

सोहीअनुसार सरकारमा जानका लागि आवश्यक समन्वय गर्न अध्यक्ष राउतलाई जिम्मेदवारी दिएको छ। सो पार्टीको प्रतिनिधिसभामा ६ सिट रहेको छ । सरकारमा जानेबारे सबैजसो सदस्यले सकारात्मक प्रतिक्रिया दिएसँगै राजधानीको तपोवन होटलमा बसेको बैठकले परिस्थिति हेरेर सरकारमा जानेबारेमा निर्णय गर्ने अधिकार अध्यक्ष राउतलाई दिने निर्णय गरेको महासचिव चन्दक सिंहले जानकारी दिए ।

बैठकले समानुपातिक सांसद बन्नेहरुको नाम अनुमोदन गरेको पनि सिंहले जानकारी दिए । निर्वाचन आयोगमा बुझाइएको क्लस्टरअनुसारको नामलाई नै बैठकले अनुमोदन गरेको उनको भनाइ छ ।