नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

सफल खबर संवाददाता

बुधबार, २१ मंसिर २०७९, १५ : ०५
नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् ।  २९ वर्पीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढी समयको अनुभव छ । 

खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले स्वागत गरे ।  आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिइने बताए । 

विगत १७ वर्षदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनलले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्र्याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस