शाहरुखका छोरा आर्यनले गरे पहिलो फिल्मको घोषणा

एजेन्सी

बुधबार, २१ मंसिर २०७९, १३ : ३०
शाहरुखका छोरा आर्यनले गरे पहिलो फिल्मको घोषणा

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो फिल्मको घोषणा गरेका छन् ।

आर्यनले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै यसको जानकारी दिएका छन् । आर्यनले यस फिल्मबाट निर्देशकको रुपमा आफ्नो करियर सुरु गर्न लागेका छन् । उनले फिल्मको कथा लेख्ने काम लगभग पूरा भइसकेको र छिट्टै रेड चिलीज प्रोडक्सनको ब्यानरमा फिल्मको छायांकन सुरु गर्ने बताएका छन् ।

आर्यनको करियरको यो पहिलो प्रोजेक्ट हो । जसका लागि उनी निकै आतुर रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन्, ‘लेखन सकियो, सुटिङ सुरु हुनको लागि पर्खिन सक्दिनँ।’

आर्यनको यो पोष्टमा उनका फ्यानसँगै भारतीय फिल्म उद्योगका सबै कलाकारहरूले कमेन्ट गर्दै उनलाई बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस