काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको जानकारी दिइएको छ ।
बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि हालसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौं जिल्लामा ११ हजार १२७ डेंगुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेंगुका संक्रमित फेला परेको बताइएको छ ।
डेंगुको संक्रमणबाट ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८२२, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७३, सिन्धुलीमा १७० र दोलखा जिल्लामा १०४ जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।
त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ । काठमाडौंका ७, सिन्धुली र रामेछापका ३र३, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका २र२ र धादिङका १र१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु