सुकुमबासी समस्या समाधान हुन्छ : मन्त्री चौधरी

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १६ : ५५
सुकुमबासी समस्या समाधान हुन्छ : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।  

सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले यस्तो आश्वासन दिएका हुन् । उनले भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सी त हल गर्नैपर्छ । हामी विकल्प खोज्दैछौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु । तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस् ।’ 

सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस