प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १६ : ४८
प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव

काठमाडौं । नेकपा एमालेका सचिव रघुीर महासेठ नेकपा माओवादी केन्द्रका अधयक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन । दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरुले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धनभित्रबाटै सरकार बनाउन तयार रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस