अनुमतिबिना सञ्चालित शिक्षण संस्थालाई कारवाही गरिने

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १४ : २८
अनुमतिबिना सञ्चालित शिक्षण संस्थालाई कारवाही गरिने

काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिइ शिक्षण संस्था सञ्चालन गर्नेलाई कारवाही गर्ने भएको छ । आयोगबाट अनुमति नलिइ केही शिक्षण संस्थाले भर्ना आहन गरिएको भन्दै गम्भिर ध्यानआकार्षण भएको जनाएको छ ।

विद्यार्थी, अभिभावक र सरकोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन आयोगले आग्रह गरेको छ । प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुनेगरी भर्ना गरेको पाईएमा प्रचलित कानुन अनुसार कारवाही हुने गरिने आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।