काठमाडौं । आज बस्ने सत्ता गठबन्धनको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको बताउँदै चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।
'आजको बैठकमा गठबन्धनले चुनावको समीक्षा गर्छ । साथै सरकार गठनबारे आगामी बाटोका बारेमा समेत छलफल त भई नै हाल्छ', महासचिव गुरुङले भने । आज अपरान्ह ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
भागबन्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक