रोहित इन्डोनेसिया प्रस्थान

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, २१ : ५४
रोहित इन्डोनेसिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस