नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, १७ : ०१
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने  कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब(इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा।प। अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारके अनुशन्धानबाट देखिएके भनाइ । 

यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि  शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको छ । 

प्रतिक्रिया दिनुहोस