शेयर बजारमा झिनो अंकको सुधार, एक अर्ब ५६ करोडको कारोबार

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, १५ : ३८
शेयर बजारमा झिनो अंकको सुधार, एक अर्ब ५६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्से सूचक सामान्य बढेपनि आज कारोबार अर्बमाथि भएको छ । गत साताको अन्तिम दिन शेयरबजार बढेर बन्द हुन पुगेकोले पनि आजको कारोबार रकम बढ्न पुगेको हो । त्यस्तै, नेप्सेले पछिल्लो समय रोक्का रहेको दर्जन भन्दा बढी कम्पनीको शेयर कारोबार फुकुवा गरेदिएका कारण पनि केहीदिनयता कारोबार रकम माथि उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस