टोल-टोलमा पुगेर बिकास निर्माण बारे छलफलमा सांसद जोशी

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, ११ : ३१
टोल-टोलमा पुगेर बिकास निर्माण बारे छलफलमा सांसद जोशी

चितवन । चितवन २ (ख) का नवनिर्वाचित सांसद उत्तम जोशीले भरतपुर ११ र १२ का वडाबासीसँग बिकास निर्माण बारे छलफल गरेका छन् । जोशीले दुबै वडामा रोकिएका बिकास निर्माणका काम र नयाँ योजना बारे स्थानीयसँग छलफल गरेका हुन् । उनले बिकास निर्माण बारे स्थानीयको गुनासो पनि सुनेका छन् ।

सो क्रममा स्थानीयले ढलको उचित व्यवस्थापन नहुँदा वर्षौंदेखि भोग्दै आएको डुबानलगायतका समस्या समाधानमा जोड दिन सुझाव दिएका थिए ।  जनताले भोगिरहेका समस्या बारे आफू जानकार रहेको भन्दै कुनै पनि बाहानामा आफूले गरेको प्रतिवद्धताबाट पछि नहट्ने उनको भनाइ थियो ।

स्थानीयको सुझावपछि जोशीले ढल व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेको बताए । यस्तै केरुङ्गा घोललाई व्यवस्थित गर्दै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उनले बताए । उनले दुबै वडामा रहेका स्वास्थ्यचौकी, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न पहल गर्ने बताए ।

छलफलकै क्रममा उनले महिला तथा युवा स्वरोजगारका लागि बिभिन्न किसिमका कार्यक्रमहरु ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए । मतदाताको मतको सम्मान हुने गरि आफ्नो जिम्मेवारी वहन गर्ने उनको भनाइ थियो । स्थानीयले पनि सांसद जोशीलाई जनताको जीवनस्तर उकास्ने गरी काम गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस