स्याङ्जा-२ मा धनराज गुरुङको जित निश्चित

सफल खबर संवाददाता

शनिबार, १७ मंसिर २०७९, १८ : १९
स्याङ्जा-२ मा धनराज गुरुङको जित निश्चित

काठमाडौं । सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका  उम्मेदवार धनराज गुरुङको गणना नसकिदै जित निश्चित भएको छ ।हालसम्म गणना भएको चौसठ्ठी हजार ९५४ मतमा गुरुङले उनान्तीस हजार ५६६ मत प्राप्त गरेका छन् ।

त्यसै पद्माकुमारी अर्यालले तेइस हजार ५९१ मत प्राप्त गरेकी छन् । अर्याल भन्दा पाँच हजार ९७५ मतले अगाडि छन् ।अब गन्न बाँकी मत पाँच हजार २१७ मत मात्र छ । स्याङ्जा २ मा जम्मा सत्तरी हजार १९१ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस