काठमाडौं । घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ काठमाडौंमा सर्वाधिक मत पाएको छ ।
सो पार्टीले १ लाख ३ हजार मत पाएको हो । जवकी कांग्रेसले ८३ हजार तथा एमालेले ८० हजार मत पायो ।
यता प्रतिनिधिसभातर्फ समानुपातिकमा काठमाडौंबाट ६३ हजार मत पाएको राप्रपाले बागमती प्रदेशसभातर्फ भने काठमाडौंबाट दोस्रो लोकप्रिय मत पायो । राप्रपाले ९५ हजार मत पाएको हो ।
पहिलो स्थानमा रहेको एमालेले भने राप्रपाले भन्दा केही धेरै अर्थात ९६ हजार मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेशतर्फको निर्वाचनमा भाग लिएको थिएन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुरानो घण्टी लिलामीमा