प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा करिब साढे ४ प्रतिशत मत बदर

सफल खबर संवाददाता

शनिबार, १७ मंसिर २०७९, ०९ : ३३
प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा करिब साढे ४ प्रतिशत मत बदर

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा करिब साढे ४ प्रतिशत मत बदर भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म गणना भएकामध्येका करिब साढे ४ प्रतिशतका हाराहारीमा मत बदर भएको हो। हालसम्म सदर मत १ करोड ४ लाख ३ हजार ९४२ गणना भइसकेको छ । 

जसअनुसार २७ लाख ८३ हजार मतसहित एमाले पहिलो स्थानमा रहेको छ भने कांग्रेस २६ लाख ५२ हजार मतसहित दोस्रो र मओवादी केन्द्र ११ लाख ६१ हजार मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २२ हजार मतसहित चौथो स्थानमा रहेको आयोजले जनाएको छ । 

यस्तै पाँचौ स्थानमा राप्रपा रहँदा छैटोँमा जसपा र सातौमा जनमत पार्टी रहेका छन् । यी सबै पार्टीले थ्रेस होल्ड कटाउँदा नेकपा एकीकृत समाजवादी पार्टीको भने कटेको छैन । समाजवादीले हालसम्म २ लाख ९४ हजार मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस