स्याङ्जा- २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै, २२१३ मतले अगाडि

सफल खबर संवाददाता

शनिबार, १७ मंसिर २०७९, ०८ : ०३
स्याङ्जा- २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै, २२१३ मतले अगाडि

स्याङ्जा । प्रतिनिधि सभातर्फ स्याङ्जा २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् ।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत छ । गुरुङभन्दा अर्याल २२१३ मत अन्तरले पछि छिन् ।

प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । उनीहरुबीच १४२ मतको अन्तर छ । 

प्रदेश सभा १ तर्फ भने नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस