काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो ।
समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको छ भने त्यसमा सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ । यस्तै प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् ।
जसअनुसार एमालेले २६ लाख ९७ हजार, कांग्रेसले २५ लाख ५५ हजार, माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्