बाजुरा र स्याङ्जाको रोकिएको मतगणनाबारे निर्णय लिन आयोगको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १४ मंसिर २०७९, ०८ : १२
बाजुरा र स्याङ्जाको रोकिएको मतगणनाबारे निर्णय लिन आयोगको बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन बैठक बोलाएको छ । पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढउने भन्नेबारे निर्णय लिन बुधबार आयोगको बैठक बस्न लागेको हो । 

यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा भएको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका छन् भने विवादकै कारण मतगणना हुन सकेको छैन ।

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । एक निर्वाचन आयुक्तले आजको बैठकले उपयुक्त निर्णय लिने बताए । आयोगले धाँधली भएको भनिएको दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस