काठमाडौं । निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई बेलाइमा बझ्नु पर्ने भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले बताएका छन् । माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद किरातीले जनता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । निर्वाचित भए पछि जनता भेटघाटलाई तिव्र बनाएका किरातीले मंगलबार भोजपुरको हतुवागढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकाहुन् । किरातीले भने “निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई नेपालका राजनितिक दलहरुले बेलाइमा बझेर सयथशिघ्र रुपान्तरण हुनु पर्छ अन्यथा नसचिए पुराना र ठूला भनिएका पार्टीहरुको अवस्था दन्त्य कथामा सिमित हुने छ ।
आगामी सरकार गठन बारे समेत किरातीले आफ्नो धारणा राखेकाछन् । किरातीले भने ।“गठबन्धनलाई थप मजबुद बनाउँदै सरकार निर्माण गरि शुशासन र जनजीविकाको सवाललाई प्रभाकारी कार्यन्वयन गर्नु पर्छ । गठबन्धनको नाममा भोट मागेको मात्रै नभएर शहिदको बलिदानी र रगत पशिना संग साटेको व्यवस्था जोगाएको कारण अहिले यहि गठबन्धनलाई व्यवस्थित गर्दै सरकार गठन गर्नु पर्ने समेत किराती को जोड थियो ।
किरातीले ओली बाहेकका सच्चा कम्युनिष्टहरुको एकता र बाम ध्रविकरण तत्काल अगाडी बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको समेत बताएकाछन् । निर्वाचनको नतिजा पछाडी बाम ध्रूवीकरणको चर्चा चलिरहेको तर ओली बाहेकका कम्यूनिष्टहरुसंग मात्रा त्यो सम्भावना रहेको किरातीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हवाई टिकटको मूल्य घटाउने सहमति
चालु वर्षमै १० वटा जहाज थप्छौँ, दसैँअघि प्रक्रिया सुरु हुन्छ : सुदन किराती
ल्हारक्याल लामाको नियुक्तिबारे समितिमा प्रश्न
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरुरी छ : मन्त्री किराती
गोदावरी पर्यावरणका हिसाबले देशकै नमुना ठाउँ : मन्त्री किराती
निगमको तीन थान जहाज खरिद प्रक्रिया अन्तिम चरणमा : मन्त्री किराती