काठमाडौं । नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्चाचन भएकाे थियाे । उक्त निर्वाचनकाे स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका आयुक्तहरुलाई भेटेर रोकिएको मतगणना पुनः सुरु गर्न ध्यानाकर्षण गराएका हुन् ।
पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचैजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएको उपसभापति गुरुङले जानकारी दिए । ‘म उम्मेदवार भएर मात्र होइन पार्टीकै तर्फबाट रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।
मतदाता नामावलीमा भएका व्यक्तिले नै मतदान गरेको र बिना कारण रोकिएको मतगणना सुरु गर्नुपर्ने नेता रामचन्द्र पौडेलको माग छ । ‘मतदाता नामावलीमा नाम भएकै व्यक्तिले मतदान गरेका छन्,’ उनले भने, ‘मतगणना रोक्नु हुँदैन । यसकारण स्याङ्जा र बाजुराको रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्छ । हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ ।’
स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा आर्यालयबीच कडा प्रतिस्पर्धा छ भने बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल