उदयपुर । नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर-१ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुन: मतदानको माग गरेको छ ।खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरुले अहिलेसम्मको निर्वाचन प्रक्रिया रद्द गरी पुन: मतदानको माग गरेका हुन् ।
एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउत र राप्रपा, जसपा, जनता प्रगतिशील पार्टी, केही स्वतन्त्र उम्मेदवार गरी १५ जनाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
साथै मतदाताले मतदानका क्रममा प्रतिनिधिसभाको मतपत्र नपाएको र प्रदेशसभाको मतपत्र एकै व्यक्तिले दुई पटक प्रयोग गरेको पनि उनीहरुले उल्लेख गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेका बेला एमालेसहितका दलले मतगणना रोकेर पुन: मतदान माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने