उदयपुर । नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर-१ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुन: मतदानको माग गरेको छ ।खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरुले अहिलेसम्मको निर्वाचन प्रक्रिया रद्द गरी पुन: मतदानको माग गरेका हुन् ।
एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउत र राप्रपा, जसपा, जनता प्रगतिशील पार्टी, केही स्वतन्त्र उम्मेदवार गरी १५ जनाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
साथै मतदाताले मतदानका क्रममा प्रतिनिधिसभाको मतपत्र नपाएको र प्रदेशसभाको मतपत्र एकै व्यक्तिले दुई पटक प्रयोग गरेको पनि उनीहरुले उल्लेख गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेका बेला एमालेसहितका दलले मतगणना रोकेर पुन: मतदान माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह