काठमाडौं । झापा र गाेरखामा गरी अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ पालिया पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४ वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।
घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थानसहित गाेरखाकाे गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसमेत दुई जनालाई उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ