इलाम २ बाट सुवासचन्द्र नेम्वाङ निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ११ मंसिर २०७९, १३ : ०७
इलाम २ बाट सुवासचन्द्र नेम्वाङ निर्वाचित

काठमाडौं । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । संविधानसभा अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

सुनसरी २ बाट आचार्य एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी २ बाट निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन् । 

नेता आचार्यले ३२ हजार आठ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी मेहताले २६ हजार ५८ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस