चितवन । चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको चितवनका एसपी नवराज अधिकारीले बताए ।
शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको छ । ‘बाहिरबाट ताला लागेको अवस्था देखिन्छ’ एसपी अधिकारी भन्छन्–‘कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’
आगलागी शुक्रवार राति भएको बताइएको छ । शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा