काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन्।थापाले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका थिए।
व्यक्तिगत रूपमा केही नगुमाए पनि काठमाडौँ जोड्ने सुरुङमार्गलगायतका सपना हार्दा चिन्ता लागेको उनको भनाइ छ।
थापाले ट्विटरमा लेखेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु। हेटौँडालाई राजधानी त बनाएँ। तर, काठमाडौँ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’
मकवानपुर-१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ