नारायणगढ र भरतपुरपछि सौराहामा हर्न बजाउन निषेध

शनिबार, ०१ पुस २०७४, १२ : ४९
नारायणगढ र भरतपुरपछि सौराहामा हर्न बजाउन निषेध

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भरतपुर र नारायणगढपछि चितवनको सौराहामा शनिबारदेखि नो हर्न अभियान सुरु गरेको छ । अब भरतपुर र नारायणगढमा जस्तै पर्यटकीय क्षेत्र सौराहामा पनि सवारी साधन चालकले हर्न बजाउन पाउने छैनन् ।
सौराहामा शनिबार एक कार्यक्रमबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नो हर्न अभियान सुरु भएको जानकारी दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले पुस एक गते शनिबारदेखि सौराहामा पनि नो हर्न अभियान सुरु भएको जानकारी दिए । 
आजदेखि सौराहामा नो हर्न सुरु भयो, प्रहरी निरीक्षक पन्तले भने, अबदेखि सौराहामा चल्ने सवारी साधनका चालकले आकस्मिक अवस्थाबाहेक अरुबेला हर्न बजाउन पाउँदैनन् । उनले पुस एकदेखि १५ गतेसम्म सौराहा क्षेत्रमा सवारी चालकलाई हर्न नबजाउन अनुरोध गरिने र पुस १६ गतेदेखि भने हर्न निषेधित क्षेत्रमा हर्न बजाउने सवारी चालकलाई जरिबाना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस