काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।
उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ।
साथै उक्त घटनाबारे आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणसँग आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचन अनुगमनका लागि मानव अधिकार आयोगद्वारा उच्चस्तरीय टोली परिचालन
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन अझै तयार पार्न सकेन
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह