मोरङ । परम्परागत राजनीतिक दलभन्दा पनि व्यक्तिसँगको वितृष्णाले अहिलेको परिस्थिति उब्जिएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।
मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता कोइरालाले दलहरुप्रति जनताको वितृष्णा रहे दलीय प्रणाली नै नरहने बताए।
उनले भने, ‘हामीले सुशासन दिन सकेनौँ। दण्डहिनताको अन्त्य गर्न सकेनौँ, भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ। अहिलेको राजनीतिक परिस्थिति देखिनुमा यो नै प्रमुख कारण हो। त्यसैले मैले विगत लामो समयदेखि सुशासनको पक्षमा बोल्दै आएको छु। यस विषयमा सबैको मुद्दा मिल्नु आवश्यक छ।’
निर्वाचनका विषयमा कांग्रेस एकल रुपमा स्पर्धा गर्नुपर्ने भन्ने विषय गौण भएको उनको भनाइ छ। यस पटकको निर्वाचनमा केही नयाँ दलले स्थान पाएको विषयमा उनले भने, ‘मुलुकले परिवर्तन खोजेको छ। तर कस्तो परिवर्तन त्यसमा भर पर्छ। युवाहरु आउनुपर्छ तर युवाहरुले मात्र परिवर्तन गर्न सक्ने र पाकाहरुले गर्न नसक्ने भन्ने चाहिँ होइन।’
कांग्रेसभित्र संसदीय दलको नेता चयन नहुञ्जेल कसैले पनि उम्मेदवारी घोषणा गरेर नहुने नेता कोइरालाको भनाइ छ। उनले भने, ‘अहिले संसदमा को–को पुगे, समानुपातिकबाट को–को चयन हुने त्यो थाहा छैन। अझै नतिजा आउन बाँकी नै छ। अहिले यसै भनिहाल्न हतारो हुनेछ।’
सरकारको नेतृत्वका विषयमा उनले भने, ‘जनताले एक किसिमको धारणा बनाएका छन्। संसदीय दलमा कसरी प्रस्तुत हुन्छौँ? को–को जितेर आउने छन्, त्यो हेर्नु पर्छ।’
मोरङ ६ मा कोइराला ३५ हजार २ सय २४ मतसहित निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ७८ मतान्तरले पराजित गरेका छन्। २०७४ सालको निर्वाचनमा जित हात पारेका पण्डित यस पटक २२ हजार ९ सय ४६ मत सीमित भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?
प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले किन यस्तो भने- यस्तै रहेछ यहाँको चलन ?
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : शेखर कोइराला