विराटनगर । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभामा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्।
कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल गरेका छन्। त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाएका छन्। मतगणनामा डा. कोइरालाले सुरुवात देखिनै अग्रता कायम गरेका थिए।
पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला ०७४ को प्रतिनिधिसभा सदस्यमा एमालेका पण्डितसँग पराजित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल