१० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, ०८ : १२
१० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी

काठमाडौं । निर्वाचन आयोगले अझै विभिन्न १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी रहेको जानकारी गराएको छ ।

आयोगको आधिकारिक विवरण अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५५ निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ । 

बाँकी निर्वाचन क्षेत्रमा कतै विवाद, कतै मतपेटिका संकलन र एक स्थानमा पुनः मतदान हुनै बाँकी रहेको आयोगको भनाइ छ । 

हालसम्मको नतिजाअनुसार कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस