काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन्। माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् ।
चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत पाए । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।
निर्वाचित चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्। रेशमको उमेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उमेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ