सिन्धुली । नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।
सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी