एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरबमा राष्ट्रिय बिदा घोषणा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् । साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले एक दिन थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे ।
मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ मंसिर २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा
विश्वकप फुटबल : केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल